माधव नेपाललाई कांग्रेससँगै छाडेर अघि बढ्दै एमाले, केहीबेरमा स्थायी कमिटी बस्दै
१३ असार, काठमाडाैँ । नेकपा (एमाले) जारी विवाद छाडेर अघि बढ्ने भएको छ । नेकपा एमालेले यसअघि असार २ गते बोलाएको स्थायी कमीटी बैठक सहमतिको बोलाउने विषयमा प्रायस गरे पनि माधवकुमार नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई बेचेको हस्ताक्षर फिर्ता नलिने र उनीहरूलाई धोका नदिने बताएपछि एमाले विवाद छाडेर अघि बढ्न लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले विगतदेखि पार्टीमा काम गर्दै आएका सबै सदस्यलाई अहिलेसम्मको गल्तीमा आत्मआलोचना गर्दै उचित जिम्मेवारी दिएर अघि बढ्ने र सर्वोच्च अदालतको आदेशको भावना अनुसार पार्टी जेठ २ को विन्दुबाट अघि बढाउनका लागि विज्ञप्ति मार्फत सार्वजनिक अपिल गरे पनि नेपाल समूह भने बेचेको हस्ताक्षरका कारण अफ्ठेरोमा परेको छ ।
दोस्रो पुस्ताका केही नेताले हस्ताक्षर फिर्ताका लागि तयार रहेको बताए पनि स्वयं नेपालले हस्ताक्षर फिर्ता नलिने जनाएपछि एमाले अब आफ्नै बाटोमा अघि बढ्न लागेको हो । दुई पटकसम्म बैठक स्थगित गरेर नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुअघिको अवस्थामा पार्टीलाई लगेर अघि बढाउने कोशिश गरे पनि भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेको नेपाल समूह एमालेमा फर्कन तयार भएन ।
माधव नेपाल लगायतका नेतालाई कांग्रेससँगै छाडेर एमाले भने अघि बढ्ने अवस्थामा पुगेको स्थायी कमिटीका एक जना सदस्यले दैनिकीलाई जानकारी दिए । उनले भने ‘कुरेर सहमतिको प्रयास गरिएको है । उहाँहरू मान्नुभएन, सधैँभरी उहाँहरूकै लागि भनेर पार्टीलाई मृतजस्तो अवस्थामा राख्न सकिन्न अब हामी अघि बढ्छाैँ।’
नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्दैछ । बैठकमा विधान अधिवेशनको तयारी र केन्द्रीय विभागको पूर्णताका सम्बन्धमा छलफल हुने बताइएको छ ।
त्यस्तै बैठकमा माधव नेपाल समूहसँग निरन्तर संवाद गर्नुभएका स्थायीकमिटी सदस्यद्धय सुवास नेम्वाङ र विष्णु पौडेलले भए गरेका प्रायसका बारेमा जानकारी दिने बुझिएको छ । माओवादीसँग एकीकरणको चक्करमा परेपछि झण्डै साँढे तीन वर्षदेखि एमालेको आफ्नो संरचना सबैले राम्रोसँग काम गर्न पाएको छैन । एमालेले अहिले तीनै संरचनालाई क्रियािशल तुल्यउँदै चुनावको तयारी गर्न लागेको छ ।
प्रकाशित मिति : 08:54









