२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरो कपः आजदेखि नकआउट चरणको खेल, वेल्स र डेनमार्क तथा इटली र अस्ट्रिया खेल्दै

१२ असार, काठमाडाैँ । युरो कप फुटबलमा आजदेखि नकआउट चरणको खेल हुँदैछ । अन्तिम १६ को पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कबीच खेल हुँदैछ। त्यस्तै दोस्रो खेलमा इटली र अस्ट्रिया खेल्दैछन ।

युरोकपको अन्तिम १६ मा वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०८:४९