कांग्रेस सभापतिमा रामचन्द्र पाैडेलले पनि दाबी, नेताहरूसँग छलफल गर्दै
११ असार, काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि दाबी प्रस्तुत गर्नुभएको छ । उहाँले त्यसका लागि आफू निकटका केन्द्रीय नेताहरूसँग शुक्रबार छलफल गर्न लाग्नुभएकोछ ।
पौडेलको छलफल बसुन्धराको दियालो पार्टी प्यालेसमा हुनेछ । गत शनिबार यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गरेर सक्रियता बढाएसँगै पौडेलले पनि सभापतिमा दाबी पेश गर्न लाग्नुभएको हो ।
पौडेल पक्षमामात्र आधा दर्जन नेता सभापतिको आकांक्षी रहेका छन । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताउँदै आएका छन ।
प्रकाशित मिति : 09:41









