सत्ताका लागि वहुदलीय संसदीय प्रणाली नै कोल्याप्स गराउने खेलः पूर्व मन्त्री बाँस्कोटा
१० असार, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सत्ताका लागि वहुदलीय संसदीय प्रणाली नै कोल्याप्स गराउने खेल चलिरहेको बताउनुभएको छ । बिहीबार ट्वीट मार्फत उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि अहिलेको वहुदलीय संसदीय प्रणाली नै परिवर्तन गराउन उद्धत देखिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि सांसद दलीय अनुवन्धनमा नरहने र स्वतन्त्र हैसियतमा प्रधानमन्त्री चयन गर्न पाउने जिकिर गरिरहेका बेला बास्कोटाले यस्तो दाबी गर्नुभएको हो । उहाँले संविधानले निर्दलीय अभ्यास कहीँ पनि स्वीकार गर्ने आशय नराखेको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘विपक्षी सडकमा तर किन रु हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्स्थापनाका लागि सडकमा हो रु संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन।त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो ।’
प्रकाशित मिति : 20:39









