२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रधानमन्त्री ओलीकाे गल्ती सच्याउन विपक्षी गठबन्धनमा लागेँः माधव नेपाल

१० असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताउनुभएकाे छ ।

नेता नेपालले विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राख्नुभएकाे थियाे ।

उहाँले भन्नुभयाे, ‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ । केपी ओलीले गरेको कारवाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’।

उहाँले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने बताउनुभयाे । ‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकारेर कोर्स गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ’, नेपालले भन्नुभयाे ।नेपालले संविधानविपरीत संसद नै भंग गर्ने काम गरेकोले विपक्षी गठबन्धन सक्रिय हुनुपरेको समेत बताउनुभयाे ।

प्रकाशित मिति : 15:47