२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

१० असार, काठमाडाैँ ।  एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा असार ६ बाट बिक्रि खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । बैंकले असार ६ गतेबाट बिक्रि खुल्ला गरेको ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने भनिएको थियो । बैंककाे उक्त ऋणपत्रमा असार ९ गतेसम्म मागबमोजिम आवेदन नपरेका कारण असार २० गतेसम्म आवेदन दिने समय थपिएकाे हाे।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । उक्त ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिङ्गल ए (इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:०६