२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सन् २०२१ भित्र सबै नागरिकलाई खोपः प्रधानमन्त्री ओली

१० असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको समस्या सुल्झँदै गएको बताउनुभएको हो । उहाँले  सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख बताउनुभयो ।

प्रकाशित मिति : 10:07