२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरोपकको अन्तिम १६ मा पुग्ने टोलिको टुंगो लाग्यो

१० असार, काठमाडाैँ । युरोकप फुटबलमा अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । समूह चरणका सबै खेल गएराति सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

निकै रोमाञ्चक मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । गएराती पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेपछि फ्रान्स पाँच अंकका साथ समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो । निकै रोमाञ्चक खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरे भने फ्रान्सका करिम बेन्जिमाले पनि दुई गोल गरे ।

यस्तै हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि चार अंकसहित नकआउटमा पुग्दा चारै अंक रहेको पोर्चुगल उत्कृष्ट तीनभित्र पर्दै अन्तिम १६ मा पुगेको हो । यस्तै गएराति नै भएका स्पेनले स्लोभाकियालाई पाँच गोलले हराएर नकआउट चरणमा पुग्यो । दुई गोल आत्मघाती उपहार पाएको स्पेनको लागि एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । पोल्याण्डलाई हराएको स्वीडेन समूह विजेता बन्यो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०९:११