३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

राजनीति धारा दफाको गोलचक्करमा सीमित हुदैनः पूर्वमन्त्री बाँस्कोटा


८ असार, काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले राजनीति धारा दफाको गोलचक्करमा सीमित हुन नहुने बताउनुभएको छ । सर्वोच्च अदालतले चुनावको घोषणापछि सरकारमा रहेका मन्त्रीको जागिर एकै पटक खाइदिएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभएको छ, ‘अति सरल कुरा नि राजनीति धारा दफाको गोलचक्करमा सिमीत हुदैन।ती विगत र वर्तमान हुन। तर राजनीति विगत,वर्तमान र भविष्य पनि हो।उत्पादन सङघर्ष,सतहमा प्रकट हुने भिषण राजनीतिक टकरावबाट श्रृजना हुने नयाँ शक्ति सन्तुलनको समग्र प्रबन्ध चै राजनितीले मात्र गर्छ है।इतिहासका निर्माता जनता हुन।’

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार २१:२८