३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

महेश बस्नेतको प्रश्न- सर्वोच्चकाे फैसलामा प्रचण्डको भविष्यवाणी कसरी मिल्यो ?


८ असार, काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले आज गरेको आदेशमा ‘सेटिङ’ को आशंका रहेकाे बताउनु भएकाे छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको इजलाशले मन्त्रिपरिषद पुनर्गठनलाई अबैध भन्दै रोक लगाएलगत्तै पूर्वमन्त्री बस्नेतले सामाजिक सञ्जालमार्फत अदालतले संबिधान भन्दा बाहिर गएर निर्णय दिएको र माओवादी अध्यक्ष प्रचण्डको सेटिङमा आएको संकेत गर्दै मुलुकलाई गम्भीर समस्यातिर लैजानतिर अदालत लागेको आरोप लगाउनु भएको छ । बस्नेतले सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हिजै भविष्यवाणी गर्नु अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गरेकाे कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गरेकाे  बताउनुभयाे ।

बस्नेतले लेख्नुभएको छ, ‘हिजो धादिङमा माओबादी अध्यक्ष प्रचण्डले आफुले पा्रप्त गरेको बिशेष सूचना भनेर जे बोल्नुभएको थियो, आज प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।

यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन, कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो,’ जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ, ठीक भैरहेको छैन । राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ । त्यसैले सम्बन्धित सबै गम्भीर हुन आवश्यक छ । जे होस अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद बिघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्वीकार गरेको देखियो ।’

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १८:३९