३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने छः प्रदिप ज्ञवाली


८ असार, काठमाडौँ । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताउनुभयाे ।  मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेलिने ज्ञवालीले बताउनुभयाे । ज्ञवालीले भन्नुभयाे, अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने छ । उहाले भन्नुभयाे अदालतको यस्ताे आदेशबारे पार्टीमा छलफल गरेर औपचारिक निर्णय लिइने छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १७:५०