३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

२० मन्त्री पदमुक्त गर्न सर्वोच्चको आदेश (आदेशसहित)


८ असार, काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । जेठ २१ गते र २७ गते पुनः मन्त्रिपरिषद विस्तार गरिएको थियो।

सर्वोच्चको आदेशबाट उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री जिम्मेवारीमुक्त हुनुभएकाे छ।

 

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १६:२२