राजनीतिक छलफलका लागि दिपक मनाङे प्रचण्ड निवासमा
६ असार, काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले गण्डकीका मन्त्री दिपक मनाङ्गेसँग बृहत राजनीतिक छलफल गर्नुभएको छ । राजनीतिक क्रान्ति गर्न मनाङ्गेसँग प्रचण्डले छलफल गर्नुभएको हो । मनाङ्गे आफैले प्रचण्डसँग बृहत राजनीतिक छलफल भएको जानकारी दिनुभएको छ । मनाङ्गेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिएको र लामो छलफल भएको जानकारी दिनुभएको छ । फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै मनाङ्गेले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताउनु भएको छ ।
गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङमा रहनुभएका मनाङ्गेले त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ । आर्थिक रुपमा सम्पन्न मनाङ्गेको हैसियत थाह पाएरै प्रचण्डले आफूतिर तान्न छलफल गर्नुभएको बताइएको छ ।
गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिनुभएको छैन । ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङेबीच होडवाजी छ ।
प्रकाशित मिति : 18:40









