४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्न सकिन्छ सम्पूर्ण विवरण

६ असार, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकले जेठ २५ गतेबाट जेठ २८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरेकाे छ । बैंककाे उक्त ऋणपत्र असार २ गते आंशिक रूपमा बाँडफाँड गरिएकाे बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ । बैंककाे ऋणपत्र बाँडफाँड सम्बन्धी सम्पूर्ण विवरणहरू www.meroshare.cds.com.np बाट हेर्न सकिनेछ ।

साथै, व्यक्तिगत तवर तर्फका आवेदकहरूले आंशिक बाँडफाँडमा परेकाे ऋणप बापतकाे बाँकी रकम फिर्ता भुक्तानी एनआइबिएल एस क्यापिटल लिमिटेडबाट सम्बन्धीत आवेदकहरूकाे बैंक खातामा असार ६ गतेबाट रकमान्तर गरिने बैंकले जनाएकाे छ ।

बैंकले ६ वर्ष अवधि भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ नाममा वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियाे । बैंकले निष्काशन गरेकाे ऋणपत्रमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिएकाे थियाे भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गएकाे थियाे । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १२:०४