२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरो कपको समूह ‘एफ’को खेलमा फ्रान्स र हङ्गेरीको १-१ को बराबरी

६ असार, काठामाडाैँ । युरो कपमा गएराति भएको खेलमा फ्रान्स र हङ्गेरीले पनि १-१ को बराबरी खेलेका छन । स्पेन र पोल्याण्ड पनि १-१ को बाराबरी खेलेका थिए । समूह ‘एफ’को गएराति भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाए पनि ६६ औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०७:४४