२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पुनः सभापतिमा दाबी गर्दै देउवाले भनेः कांग्रेसलाई ठूलो पार्टी बनाएर सरकारको नेतृत्व गर्छु

५ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापति हुने बताउनुभएको छ । उहाँले प्रदेश नम्बर १ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग कुरा गर्दै देउवाले आफ्नो पुनः सभापति हुने इच्छाका बारेमा जानकारी गराउनुभएको छ । आफू निकटका नेताहरूले देउवाले फेरि कसरी सभापति हुने भन्नेबारेको रणनीति समेत सुनाउनुभएको छ ।

शुक्रबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने कार्यतालिका स्वीकृत गरेसँगै देउवाले पुनः सभापति बन्नका लागि छलफल नै सुरू गर्नुभएको छ । देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई मुलुककै ठूलो पार्टी बनाउने बताउनुभएको भेटमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । देउवाले कांग्रेसभित्र धेरै काम बाँकी रहेकाले एक कार्यकाल आफैँले नेतृत्व गर्नुपर्ने जिकिर गर्नुभएको छ ।

देउवाको छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा। डीला संग्रौला, सुजाता परियार, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत लगायत सहभागी हुनुहुन्थ्यो । देउवाले सातै प्रदेशका केन्द्रीय कार्यसमितिका सदस्यहरूसँग छुट्टाछुट्टै बसेर आफ्नो बारेमा जानकारी गराउने बताउनुभएको थियो ।

प्रकाशित मिति : 18:15