कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेकाे निर्देशन
५ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारमा सहभागी एमाले सांसद कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको हाे ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे सरकार जाेगाउन गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेका थिए । आफ्नो पद जाेगाइदिएपछि मुख्यमन्त्री शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए । नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए ।
प्रकाशित मिति : 15:26









