गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत माग्नुभएकाे छ । शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभयाे। उक्त प्रस्तावमाथि अहिले छलफल सुरु भएको छ ।
पोखरेल जेठ २९ गते प्रतिपक्ष दलको गठबन्धका तर्फबाट मुख्यमन्त्री बन्नुभएकाे थियाे । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज मत माग्नुभएकाे हाे ।
प्रकाशित मिति : 12:48









