एमाले विवाद अन्त्य नजिकः दोस्रो तहका नेताले के-केमा सहमति जुटाए ?
४ असार, काठमाडाैँ । नेकपा एमालेभित्र सहमतिको विन्दु पहिल्याउन दोस्रो तहका नेताहरुबीच पुनः बार्ता भएको छ । नेताहरुबीच सहमतिको बिन्दु पहिल्याउन बिहीवार साँझ ललितपुरको समिट होटलमा झण्डै तीन घण्टा बैठक भएको हो ।
बैठकमा पार्टीभित्रको समस्या समाधान गरी अघि बढने निश्कर्ष निकालिएको छ । सो बैठकमा पार्टीभित्र रहेका अतिवादी समुहको प्रभावमा नपरी एकता जोगाएर जाने सहमति समेत भएको छ ।
‘सहमतिको विन्दु पहिल्याउन र पार्टीलाई एकतावद्ध बनाएर लैजान हामी निरन्तर लागेकै छौं,’ बैठकबारे जानकारी दिँदै एमाले नेता सुवास नेम्वाङले भन्नुभयो । बार्तामा धेरै कुरामा सहमति जुटेको जानकारी पनि उहाँले दिनुभयो ।
‘धेरै कुरामा सहमति भएको छ । सबै सहमति एकमुष्ट रुपमा बाहिर आउछन । छलफलको क्रममा रहेकाले अहिले धेरै कुरा भन्न मिल्दैन,’ नेम्वाङले भन्नुभयो । उहाँले आफूहरुले बनाउदै गरेको सहमति पार्टी भित्रैबाट कसैले भत्काउने प्रयास पनि गरिरहेकोले छलफलले धेरै समय लिएको बताउनु भयो ।
प्रकाशित मिति : 09:33









