माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी
३ असार, काठमाडाैँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी बैठक सुरू भएकाे छ । केहीबेर अगाडिदेखि भर्चुअल रूपमा बैठक जारी रहेको एक नेताले बताए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेअघिको स्थायी कमिटी बैठक बोलाउने चर्चा चलिरहेको बेला समूहको रणनीति तय गर्न नेपालले बैठक बाेलाउनुभएकाे बताइएकाे छ ।
नेपालले हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग त्रिपक्षीय छलफल गर्नुभएकाे थियाे भने जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : 14:46









