२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

जसपा उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

३ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज विहान ११ बजे बस्दैछ ।

जसपाको यादव पक्षको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि गरिएको कारवाही सन्दर्भमा निर्वाचन आयोगले दिएको निर्णयबारे निर्णय लिने बताइएको छ । बैठकमा जसपाको वैधानिकता दावी गर्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।

बैठकमा महन्थ ठाकुर पक्ष भने सहभागी नहुने भएकाे । ठाकुरले बुधबार नै विज्ञप्ति जारी गर्दै यादव पक्षले बोलाएको बैठक वैधानिक नभएकोले सहभागी नहुन कार्यकारिणी सदस्यहरुलाई आग्रह गर्नुभएकाे छ ।

प्रकाशित मिति : 10:18