१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

३ असार, काठमाडाैँ । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने  भन्नेबारेमा छलफल हुने नेताहरूले बताएका छन्।

सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ। कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने बताएको छ। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ।

कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य बनेकाे जनाएकाे छ ।

प्रकाशित मिति : June 17, 2021 at 8:22 am