२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरो कपः साविक विजेता पोर्चुगलको विजयी सुरूवात

२ असार, काठमाडाैँ । युरो कपमा साविक विजेता पोर्चुगलको विजयी सुरूवात गरेको छ । १६ औँ संस्करणको युरो कपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई ३-०ले हराउँदै विजयी सुरुवात गरेको हो । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिए पनि पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो । गएरातिको खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन् । यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी बनेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०६:५८