२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

१ असार, कठामडाैँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । मंगलबार उक्त नीति तथा कार्यक्रम माथि छलफल सकेर बहुमतले पारित गरिएको हो । छलफलमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिँदै नीति तथा कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : 14:51