देउवा र प्रचण्ड माधव नेपालको निवासबाट बाहिरिए, मुहारमा खुशी देखिएन
३१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को अन्तर संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा पुग्नु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्कनु भएको छ । माधव नेपालका स्वकीय सचिव मोहन गाैतमले केहीबेरअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बीरमा नेताहरूको मुहारमा त्यति खुशी देखिएको छैन । माधव नेपालको अनुहार मलिन देखिन्छ भनेर देउवा र प्रचण्डको अनुहार पनि मलिन देखिएको छ ।
उहाँहरूले असार २ मा एमालेले बोलाएको स्थायी कमिटी बैठकमा आफ्ना समूहका सदस्यलाइ नपठाउन र आफू पनि नजान अनुरोध गरेको बुझिएको छ । समूहभित्र पनि एक्लो बनेका माधव नेपाललाई समस्या भएको छ । केहीदिनअघि सचिव योगेश भट्टराईले नेपालले वुढानिलकण्ठ मोह नत्यागे पछि लाग्न नसक्ने बताउनुभएको थियो । त्यसपछि नेपालले आफू बुढानिलकण्ठ जाँदा नजिककाहरूकै बाट आलोचनाको शिकार भएको भन्दै कोटेश्वरमा निम्ता दिनुभएको थियो । उहाँहरूको बीचमा प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : 20:05









