२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमालेले बोलायो स्थायी कमिटी बैठक, माधव नेपाल समूहलाई पनि निमन्त्रणा दिइने

३० जेठ, काठमाडाैँ । सत्तारुढ नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेले असार २ का लागि बैठक बोलाएको हो । बैठक २ गते बस्ने भन्ने विषयमा समझदारी भए पनि सदस्यहरूलाई खबर गर्न बाँकी रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले २ गते बैठक बस्ने कुरा टुंगिए पनि त्यसअघिको तयारीको विषय भने केही बाँकी रहेको जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ । प्रवक्ता ज्ञवालीले बैठकमा स्थायी कमिटीका सबै सदस्य (माधव नेपाल समूह)लाइ निमन्त्रणा दिइने छ । यो बैठक एकताको महत्वपूर्ण बैठक हुनेछ । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा परेको छ ।

प्रकाशित मिति : 20:21