२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

३० जेठ, काठमाडाैँ । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित भएकाे छ । जेठ २७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम आज प्रदेशसभाबाट पारित भएको हो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले संसोधन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई प्रदेश सरकारले अपनत्व लिने बताउँदै मुख्यमन्त्री शेरधन राईले फिर्ता लिन आग्रह गरेकोमा जनता समाजवादीले मात्रै फिर्ता लिएको थियो । जसपा नेता जयराम यादवले उठाएको चुरे क्षेत्रसँग सम्बन्धित मुद्धा समेट्न गरेको आग्रह मुख्यमन्त्रीले स्वीकार गरेका थिए ।

जेठ २७ गते बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलमा ३२ सांसदले धारणा राखेका थिए । प्रदेश १ सरकारले आगामी असार १ गते बजेट ल्याउँदैछ ।

प्रकाशित मिति : 18:17