लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित
३० जेठ, काठमाडाैँ । लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज प्रदेशसभा बैठकले नीति तथा कार्यक्रमबहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ । प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएकाे थियाे ।
प्रकाशित मिति : 14:38







