२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिन ऐन बनाउने

३० जेठ, काठमाडाैँ । गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीको सेवा सुविधाबारे ऐन बनाउने भएको छ। आज बसेको प्रदेशकाे पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। यस्तै सरकारको प्रवक्तामा कुमार खड्कालाई तोकिएको छ।

प्रवक्ता खड्काले पूर्वमुख्यमन्त्रीको सम्मानबारे ऐन बनाएर जाने निर्णय भएको बताउनुभयाे। उहाँले प्रदेशको स्रोत साधन अनुसार पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा प्रदान गरिने बताउनुभयाे ।

यस्तै अर्थमन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै भएकाले गण्डकी प्रदेश सरकारको बजेटउहाँले नै प्रस्तुत गर्ने हुनुभएकाे छ । असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारसँग छ। पोखरेल शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । प्रवक्ता खड्काले छिट्टै नै प्रदेश सरकारले विश्वासको मत लिने जानकारी समेत दिनुभयाे ।

प्रकाशित मिति : June 13, 2021 at 2:35 pm