पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति, लामो समय सत्ता बाहिर बस्नु पर्दाको पीडाः नेता लिङ्देन
३० जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति लामो समय सत्ता बाहिर बस्नु पर्दाको पीडामा भएको बताउनुभएको छ । उहाँले राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप नहोस् भन्ने पूर्वप्रधानमन्त्रीको अपिलप्रति व्यंग गर्दै विगतमा आफैँले वैदेशिक हस्तक्षेप निम्ताएको विर्सेिएर र विदेशीहरूले दिएको मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध गरेको बताउनुभयो ।
उहाँले भन्नुभएको छ ‘ आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप नहोस भन्ने पूर्व प्रधानमन्त्रीहरुको बक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र होकी रु बैदेशिक हस्तक्षेप आमन्त्रणमा बिगतमा निर्वाह गरिएको भूमिका र विदेशीहरूले दिएको मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?’
यसअघि माधवकुमार नेपालको संयोजनमा पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराइले एक विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको थियो ।

प्रकाशित मिति : 09:56









