२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

१६ औँ  संस्करणको युरोकप फुटबलमा फिनल्यान्डले विजयी सुरुआत

३० जेठ, काठमाडाैँ । युरोकप फुटबलमा फिनल्यान्डले विजयी सुरुआत गरेको छ ।  १६ औँ  संस्करणको सरूमा शनिबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्यान्डले सुखद सुरुआत गरेको हो । पार्केन स्टेडियममा भएको खेलमा फिनल्यान्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । पहिलो हाफमा दुबै टोली गोलरहित बारबरीमा रोकिएका थिए । खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । युरोकपमा फिनल्यान्डको यो ऐतिहासिक जित हो । फिनल्यान्ड युरोकपमा पहिलो पटक सहभागिता जनाउँदै पहिलो जित निकाल्न सफल भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०९:१३