२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

विदेशी राजदूतकासामू थरथर काँप्ने पाँच भाइलाई अहिले विदेशी हस्तक्षेपको पीर !

२९ जेठ, काठमाडाैँ । विवेकशील साझा दलका संयोजक रविन्द्र मिश्रले पूर्व प्रधानमन्त्री क्लबका तर्फबाट जारी विज्ञप्तिलाई नाटकको संज्ञा दिनुभएको छ । समाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, ‘विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हष्तक्षेपको पीर पर्यो ?’ मिश्रको टिप्पणी तल पढ्न सक्नुहुन्छ ।

नाटकको पनि सीमा हुन्छ!
नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस्: पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति।

नाटकको पनि सीमा हुन्छ। विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस्। तपाईंहरूले स्वाभिमान राखेर, देशलाई छातिमा बोकेर काम गरिदिएको भए आज विदेशीसामू नेपालको शीर यतिविघ्न नुहेको हुने थिएन।

विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हष्तक्षेपको पीर पर्यो? अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने समयमैँ बुझिदिएको भए यो स्थिति आउने नै थिएन!

यो पनि पढ्नुहोस्

-ओली विरूद्ध लड्न माधव नेपालले बनाए पूर्व प्रधानमन्त्री क्लब, यस्तो छ पहिलो विज्ञप्ति

प्रकाशित मिति : 22:00