२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रदेश सरकारको नेतृत्वमा पहिलो पटक कांग्रेस, गण्डकी मुख्यमन्त्रीमा पोखरेल नियुक्त

२९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व पहिलो पटक गर्ने अवसर पाएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो । अब उहाँ ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुहुनेछ । यसअघि नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकारको नेतृत्व गर्न पाएको थिएन । गण्डकीमा माओवादीको साथ पाएपछि कांग्रेसको सत्तारोहण सफल भएको हो ।

प्रकाशित मिति : 17:39