२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

गण्डकीमा फेरि नयाँ ट्वीस्ट, तीन दलको समर्थनसहित मुख्यमन्त्रीमा गुरूङको दाबी

२९ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

गुरुङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपा प्रदेश कमिटीकाे पत्रसहित दावी गरेकेा बुझिएकाे छ । २७ गते विश्वासकाे मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन् । उनकाे दाबीलाई आश्चर्यजनक रुपमा हेरिएकाे छ ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेकाे अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकीकाे सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएकाे छ ।

प्रकाशित मिति : June 12, 2021 at 3:25 pm