२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

केपी ओलीको हत्या गर्ने धम्कीमा माधव समूहको साथ ! मेटमणि चौधरीले मुख खोले

२९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न अरू कोही तयर नभए आफै तयार रहेको अभिव्यक्ति दिने नेपाली कांग्रेसका सांसदको अभिव्यक्तिमा मावधकुमार नेपाल समूहका नेताले खुला रूपमा समर्थन जनाएका छन । कांग्रेस सांसद नरोत्तम वैद्यले शुक्रबार बागमती प्रदेशसभामा दिएको हत्याको धम्कीमा माधव नेपाल समूहका खम्बा मानिएका दाङका मेटमणि चौधरीले समर्थन जनाउँदै सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको छ ।

चौधरीले भन्नुभएको छ, ‘माननीय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो । नेपाली मनोबिज्ञानलाई बाग्मति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’ उहाँले ओलीको हत्याका निम्त तयार छु भनेर भनेकामा वैद्यलाई धन्यवाद समेत दिनुभएको छ ।

उहाँले अघि थप्नुभएको छ, ‘यसैले वहाँले न माफि माँग्नु पर्दछ न त पश्चाताप १ बरू हामि शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौ । अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागौ र आगमि दिनमा गल्ति नगर्ने बिषमा प्रतिबद्दता जाहेर गरौ । अतस् अब जनताहरूका मनोबिज्ञान बुझौ, सो अनुसारको व्यवहार र आचरण देखाऔ । जनताहरूका मन जितौ, गुमेको साख उठाओ । कसैसँग बदलाको भाव नराखौ । यसैमा हामी सबैको कल्याण हुन्छ ।’

प्रकाशित मिति : June 12, 2021 at 11:24 am