२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

विश्वकप छनाैटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

२८ जेठ, काठमाडाैँ । विश्वकप छनाैटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित भएको छ । न्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपालले १० जनामा सीमित भएर ३-०को हार चाख्यो । अष्ट्रेलियाका लागि छैठौं मिनेटमा म्याथ्यु लेकीले पहिलो गोल गरेका थिए । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए । समग्रमा नेपालको खेल उत्कृष्ट रहेको खेलप्रेमीहरूले बताएका छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार २३:४८