२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

११ करोड ५० लाखमा यस्तो बन्दैछ त्रिशुलीमा खेलमैदान (नमुना तस्बीरसहित)

-प्रशान्तजंग पाण्डे 

२८ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा संघीय सरकारले ११ करोड ५० लाख खर्च गरेर खेल मैदान बनाउने भएको छ । बजेटको घोषणा अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीयत तह पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्रिभुवन त्रिशुलि माध्यामिक विद्यालयको जग्गामा खेल मैदान निर्णमा हुनेछ । सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रम अन्तर्गत विदुरका लागि त्रिशुलीको खेलमैदान छनौट भएको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।

खेलमैदान निर्माणका लागि नक्साको नमुना समेत तयार भैसकेको छ । मैदानको डिपिआर मसेत भैसकेको र इन्जिनियर सुरज लामाले नक्सा तयार पारेको शिक्षक दवाडीले जानकारी दिनुभयो । खेलमैदान निर्माणको तयारीका लागि यसअघि विदुर नगरपालिका र विद्यालय विचको केही सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो ।

बहुवर्षीय ठेक्कामा मैदान निर्माणको काम समेत सुरू भैसकेको छ । नेकपा एमालेका नेताहरू, जिल्लाका सम्बन्धित जनप्रतिनिधि सबैले खेल मैदान निर्माणका लागि पहलकदमी लिएको दवाडीले बताउनुभएको छ । उहाँले पूर्व सांसद नारायण प्रसाद खतिवडा, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशबराज पाण्डे लगायतको नामै लिएर धन्यवाद दिनुभएको छ । दवाडीले सार्वजनिक गरेको नमुना नक्सा अनुसार यस्तो बन्नेछ खेलमैदान ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १८:३४