मुख्यमन्त्रीको दाबीसहित कांग्रेस ३१ सांसद बोकेर प्रदेश प्रमुखको कार्यालयमा
२८ जेठ, कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेसले ३१ जना सांसद नै लिएर प्रदेश प्रमुख सीता पौडेलको कार्यालयमा पुगेको छ । मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वानको केही घण्टामै कांग्रेस, माओवादी, राजमो र जसपाका सांसद प्रदेम प्रमुखको कार्यालयमा पुगेका हुन । मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलाई अघि सारेको छ ।
विपक्षी गठबन्धनका सांसद प्रदेश सभाहलमा जम्मा भई एक एक सांसद गनेर सँगसँगै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्। ६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य कांग्रेसको पक्षमा देखिएका छन् । नेपाली कांग्रेसका १५, माओवादीका ११ ९सभामुखबाहेक०, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे गरी नेपालीको पक्षमा ३१ जनाको समर्थन जुटेको हो। सबैजना अहिले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन्।
प्रकाशित मिति : 17:22









