२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

लुम्बिनी प्रदेशसभामा सरकारको पूर्ण बहुमत छः मुख्यमन्त्री पोखरेल

२८ जेठ, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा आफ्नो सरकारको पूर्णबहुमत रहेको बताउनुभएको छ । उहाँले यस विषयमा अनावश्यक विवाद ननिकाल्न विपक्षीहरूलाइ अनुरोध पनि गर्नुभएको छ ।प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा शुक्रबार आफ्नो धारणाको राख्दै उहाँले संसदभित्रको गणितलाई आफूले पूर्णविश्वास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विपक्षी दलहरूले गठबन्धन नै बनाएर आफ्नो नियुक्तिका विषयमा प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेकोमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रमको समयमा विपक्षी दलका सांसदहरुले बहिस्कार गरेको विषयमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 16:10