गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
२८ जेठ, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएकाे छ । प्रदेश प्रमुख पौडेल २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गर्नुभएकाे हाे । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नुभएकाे हाे ।
प्रकाशित मिति : 15:44









