४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै एनआईसी एशिया बैंक

२८ जेठ, काठमाडाैँ । असार ६ गतेदेखि एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले निष्कासन गर्न  ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने ।

ऋणपत्र खरिदका लागि लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिङ्गल ए (इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ। एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न  नेपाल धितोपत्र बोर्डबाट जेठ २० गते अनुमति पाएको थियाे ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:२७