मेरो सफलतामा आफ्नो राजकाज समाप्त भएको ठान्ने पनि छनः पूर्वमन्त्री बस्नेत
२८ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बिरोधीहरूप्रति रोष प्रकट गर्नुभएको छ । जनप्रिय र लोकप्रिय नेताको उपमा बनाइरहनुभएका बस्नेतले भन्नुभएको छ ‘ मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन ।’ मन्त्रिपरिषद्मा नसमेटिएपछि आएका अनेक प्रतिक्रियाको एकमुष्ठ जवाफ दिँदै उहाँले बिरोधीलाइ धन्यवाद समेत दिनुभएको छ ।
उहाँको अभिव्यक्ति जस्ताको त्यस्तै
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्, पार्टी निति , नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु, पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउन हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ ।
हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु, जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि !
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। त्यस्ता भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।
प्रकाशित मिति : 10:31









