२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

विश्व कप छनोट अन्तर्गत नेपालले आज अस्ट्रेलियासँग खेल्दै, नयाँ खेलाडीले पनि अवसर पाउने

२८ जेठ, काठमाडाैँ । विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। कुवेतको मैदानमा हुने खेल नेपाली समय अनुसार राति पाैने नाै बजे सुरू हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा नयाँ युवा खेलाडीले पनि अवसर पाउन सक्ने बताउनुभएको छ ।

खेलको बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा अवसर नपाएका युवा खेलाडीले पनि अवसर पाउन सक्ने बताउनुभएकाे हाे । अस्ट्रेलियासँगको खेल गाह्रो भए पनि नेपालले सकभर राम्रो खेल्ने र समर्थकलाई खुसी दिन प्रयास गर्ने प्रशिक्षक अलमुताइरीकाे भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०७:५०