गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त
२८ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई बर्खास्त गर्नुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गर्नुभएको हो ।
गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सक्नुभएको छ । हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको थियो ।योसँथै मनाङेलाइ नेपाली कांग्रेसलाइ सहयोग गरेर फेरि मन्त्री हुने बाटो खुलेको छ ।

प्रकाशित मिति : 07:37









