२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

सभामुख अधिकारीले गण्डकी प्रदेशसभाको बैठक किन बोलाए २० वर्षअघि ? (भिडियोसहित)

२७ जेठ, पोखरा । गण्डकी प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीले प्रदेशसभा बैठक २० वर्ष अघि बस्ने घोषणा गर्नुभएको छ । बिहीबारको प्रदेशसभा बैठक समापनसँगै सभामुख अधिकारीले २०५८ साल जेठ २८ गते शुक्रबार बिहान ११ जेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिनुभयो । सभामुखको बोली चिप्लिएको स्पष्ट देखिन्थ्यो यद्यपी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढाल्न खुलेअामा लागि पर्नुभएका अधिकारी सरकारले सदनको विश्वासको गुमाएपछि खुशी हुँदा हडबडाएर २०७८ भन्नुपर्नेमा २०५८ साल भन्न पुग्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले  विश्वासको मत पाउन सक्नुभएन । प्रदेशसभामा उपस्थित ५८ सदस्यले मतदान गर्दा गुरूङले २७ मत मात्र पाउनु भयो । उहाँको विपक्षमा ३० मत प्राप्त भएको छ । योसँगै गण्डकी प्रदेशको सरकार कामचलाउमा परिणत भएको छ ।

प्रकाशित मिति : 18:32