२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्रीहरू (विज्ञप्तिसहित)

२७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । बिहीबार आफू मातहत राखिएका मन्त्रालयमा प्रधानमन्त्री ओलीले एमाले, पूर्व माओवादी समूह र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषद्मै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : 15:03