गण्डकी प्रदेशसभाका मुख्यमन्त्री गुरुङलाई जसपा र जनमोर्चाले विश्वासको मत नदिने
२७ जेठ, पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएका छन् ।
जसपा सांसद हरिशरण आचार्यले मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे धारणा राख्दै आफ्नो पार्टी प्रस्तावको विपक्षमा उभिने बताउनुभयाे । त्यस्तै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले पनि मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने बताउनुभयाे । गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् ।
जसमध्ये सांसद कृष्णबहादुर थापाले पार्टीको निर्देशन नमान्ने र गुरुङलाई सहयोग गर्ने बताइसक्नुभएकाे छ । यस्तै प्रदेशसभामा जनता समाजवादी पार्टीका २ जना सदस्य रहेका छन् ।
प्रकाशित मिति : 14:12









