२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

देउवाका लागि हस्ताक्षर बेच्न अस्वीकार गर्ने पहाडी सामान्य प्रशासन मन्त्रीमा नियुक्त

२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुलीका गणेश पहाडीलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीले पहाडीलाई संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रीमा नियुक्तिका लागि सिाफरिस गर्नुभएको छ । उहाँले आजै सपथ लिने कार्यक्रम रहेको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बेच्न अस्वीकार गरेसँगै उहाँले माधवकुमार नेपाल समूह छाड्नु भएको थियो । नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिने पहाडी पछिल्लो समय संस्थापन पक्षमा सक्रिय हुनुभएको थियो । पहाडीसहित गोकर्ण विष्ट र योगेश भट्टराईले हस्ताक्षर बेच्ने अस्वीकार गर्नुभएको थियो ।

प्रकाशित मिति : 12:38