२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

रातभर खुशी मनाएका कांग्रेस र माओवादीले बिहान दीपक मनाङे भेटेनन्

२७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री राजिब गुरूङ अर्थात दिपक मनाङेले नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई स्तब्ध तुल्याइदिनुभएको छ । हिजो राति विपक्षी गठबन्धनलाई साथ दिने वचन दिनुभएको मनाङेलाई उनीहरूले बिहानैदेखि खोज्दा पाउन सकेनन् । गण्डकीमा सत्ता कब्जा गर्ने विपक्षीको खुशी रातभर पनि टिक्न सकेन । मनाङे बिहानैदेखि उनीहरूको सम्पर्क बाहिर पुग्नुभयो । अहिले उहाँको मोबाइल अफ छ ।

मानाङे आफ्नो घर र दिदीको घर दुबै ठाउँमा नभेटिएको बताइएको छ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने कार्यसूची छ । मनाङे प्रदेशसभामा निर्णायक हुनुहुन्छ ।

प्रकाशित मिति : 10:42