२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

बागमती सरकारको नीति तथा कार्यक्रम आज

२७ जेठ, काठमाडाैँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् । यद्यपी बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार रहेको छ ।

प्रकाशित मिति : 10:24